सुडान घोटालाका फरार भारती पक्राउ

काठमाडौं । चर्चित सुडान घोटाला काण्डका फरार ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ।
भारतीलाई उनकै निवास भैंसेपाटीबाट बिहान पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका प्रवक्ता एसएसपी दिपक रेग्मीले जानकारी दिनुभयो ।
विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट भारतीसहित तीन प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।
भारतीलाई १ वर्ष कैदको फैसला सुनाइएको छ । सुडान घोटाला काण्डमा पूर्वआइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी समेत दोषी ठहर भएका थिए।
सर्वोच्च अदालतले २०६४ को सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो।
प्रतिक्रिया