समाज

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम साढे तीन वर्षमा सक्ने सेनाको दावी

हिमालय टिभी
२०७६ भदौ ११ गते ९:०८
काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम साढे तीन वर्षमा सक्ने सेनाको दावी

काठमाडौं । नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम साढे तीन वर्षमा सक्ने दावी गरेको छ ।

नेपाली सेनाले पत्रकार सम्मेलन गरी ७२ दशमलव ५ किलोमिटर लामो द्रुत साढे तीन वर्षमै सक्ने जानकारी दिएको हो ।

मन्त्रिपरिषदले २ हजार ७४ साल जेष्ठ २१ गते नेपाली सेनालाई जिम्मा दिएपछि त्यही वर्षको जेठ १४ गते शिलान्यास गरिएको थियो । द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुनेछ ।

खोकनाका बासिन्दा विरोधमा उत्रिएपछि, सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ । मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डीपीआरमा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन भएको छ ।

एसियाली विकास बैंकको सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार सिकाली मन्दिरसँगै १३ रोपनी जमिन मासिने भन्दै खोकनाका बासिन्दा विरोधमा उत्रिएपछि विकल्पको बहस सुरु भएको थियो । जनप्रतिनिधिले बुङ्गमती नजिकैको फर्सिडोललाई प्रस्थान विन्दु बनाउने सहमति गरेका थिए ।

तर नेपाली सेनाले स्थानीयको माग अनुसार सिकाली मन्दिरसँगै कोदेशलाई संरक्षण गरेर नयाँ रेखांकन बनाएको छ । यसअनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

डीपीआर अनुसार द्रुतमार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर कायम हुनेछ । यसअघि ७६ दशमलव २ किमी थियो । लम्बाई घटेपनि लागत बढेर नयाँ डीपीआर अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्