आर्थिक
एनआईसी एशिया र कुमारी बैंकले लाभांश दिने
२०७६ भदौ ११ गते ७:४३

काठमाडौं । एनआईसी एशिया बैंक र कुमारी बैंकले शेयरधनीका लागि लाभांस घोषणा गरेका छन् ।
एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । एनआइसीका लगानीकर्ताले १० प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने करसहित ११ दशमलव ०५ प्रतिशत नगद लाभांस पाउने छन् ।
यस्तै कुमारी बैंकले गत वर्षको आम्दानीबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र त्यसमा लाग्ने कर उपलब्ध गराउने निर्णय गरेको छ । कुमारी बैंक र एनआईसी एशिया बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु बाँकी छ ।
प्रतिक्रिया