विदेश

लिबियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ ११ गते ७:४१
लिबियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

लिबिया । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआरले दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको छ भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए । यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

युएनएचसीएचआरका अनुसार सन् २०१९ मा युरोप छिर्ने क्रममा ९ सय जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *