साफ यू–१५ च्याम्पियनशिपमा नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं । साफ अण्डर फिफ्टिन च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ ।
भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई ४–१ गोलअन्तरले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५ – शून्यले पराजित नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्यो ।
पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सुजन जिमीले गोल गरेपछि नेपालले अग्रता २–शून्य मा पुर्यायो । ७९औं मिनेटमा बंगलादेशले गोल फर्कायो । ८४औं मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा लम्ब्याए ।
८८औं मिनेटमा कृषन यादवले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए । अब नेपालले भुटानसँग खेल्न बाँकी छ । यो खेल जितेको खण्डमा नेपालको फाइनल यात्रा पक्का हुनेछ ।
प्रतिक्रिया