आर्थिक

कर छल्ने प्रयास नगर्न व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी

हिमालय टिभी
२०७६ भदौ १० गते १२:१३
कर छल्ने प्रयास नगर्न व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई कर छल्ने प्रयास नगर्न उद्योगी व्यवसायीलाई चेतावनी दिनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु नाडा आटो शोको उद्घाटनमा अर्थमन्त्री खतिवडाले यस्तो चेतावनी दिनुभएको हो ।

विद्युतीय सवारी साधनको नाममा व्याट्रीबाट स्टार्ट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर कर छल्ने प्रयास भइरहेको उहाँले आशंका गर्नुभयो । विद्युतीय सवारीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको उहाँले प्रष्ट पार्नुभयो ।

स्वदेशमै एसेम्बल सवारी उद्योग सरकारी प्राथमिकतामा रहेपनि कम्तीमा २० प्रतिशत पनि मुल्य अभिबृद्धि गर्न नसक्ने उद्योगको हकमा भने सहुलियत दिन नसकिने मन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।

नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गर्नुभयो । उहाँले प्यान कार्ड लागु गर्ने विषयमा सरकारले उद्योगीहरुसंग परामर्श नगरेको गुनासो पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *