समाज

प्रदेश लोक सेवामाफएत कर्मचारी नियुक्त गर्न बाटो खुला

हिमालय टिभी
२०७६ भदौ १० गते १२:०६
प्रदेश लोक सेवामाफएत कर्मचारी नियुक्त गर्न बाटो खुला

काठमाडौं । प्रदेश १ सरकारलाई प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्ति गर्ने बाटो खुलेको छ ।

प्रदेश सभाबाट आज प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६ परित भएसँगै प्रदेश सरकालाई कर्मचारी नियुक्ति गर्ने बाटो खुलेको हो ।

आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पेश गरेको विधेयक प्रदेश सभाको बहुमतले पारित गरेको छ ।
३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा अहिले २ हजार ४ सय मात्र कर्मचारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्