समाज
श्रीमानलाई विष खुवाएर हत्या गर्ने श्रीमतीसहित तीन जना जेल चलान
२०७६ भदौ १० गते १२:०२

भोजपुर ।जिल्ला अदालत भोजपुरले श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई कारागार चलान गरेको छ ।
षडानन्द नगरपालिका–९ किमालुङका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती कविता तामाङ, सासु षडानन्द नगरपालिका–३ खार्ताम्छाकी पम्फा तामाङ र धरान उपमहानगरपालिका वडा नम्बर–१५ का पूर्णबहादुर राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
प्रहरीले कविता र पम्फालाई असार २० गते घरबाट र पुर्णबहादुरलाई साउन १२ गते पक्राउ गरेको थियो । गत जेठ २ गते ससुराली गएको वेला मानबहादुरको हत्या भएको थियो । श्रीमतिसहित मिलेर झुक्याएर विष खुवाइ उनको हत्या गरेको भन्दै मानवहादुरका आफन्तले किटानी जाहेरी दिएका थिए ।
प्रतिक्रिया