सुनको भाउ ९ सय घट्यो, तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । निरन्तर उकालो लाग्दै आएको सुनको भाउ आज भने प्रतितोला नौ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य आज ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य आज ७२ हजार ३ सयमा झरेको छ । चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँमा स्थिर छ ।
पछिल्लो दुई महिनामा सुनको भाउ प्रतितोला झण्डै १० हजार रुपैयाँले बढी सकेको छ । सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो ।
तर एक महिनादेखि दैनिक १० किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले माग घटे पनि नेपालको बजारमा सुनको भाउ चाहिँ बढिरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया