विदेश

काश्मीर मामिलामा जुनसुकै हाद पार गर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

हिमालय टिभी
२०७६ भदौ १० गते ७:०७
काश्मीर मामिलामा जुनसुकै हाद पार गर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि उनले बताएका छन । राष्ट्रका नाममा सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’

कश्मीरी जनता संकटमा रहेको भन्दै खानले आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने पनि बताए ।

उनले २७ सेप्टेम्बरमा राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउनेछन् । सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भारत सरकार संयुक्त राष्ट्रसंघको प्रस्ताव, संविधान, जवाहरलाल नेहरुको प्रतिबद्धता र धर्मनिरपेक्षताविरुद्ध गएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *