सुनको भाउ एक हजार बढ्यो, ७३ हजार ५ सयमा कारोबार

काठमाडौं सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ।
हिजो ७२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउ हिजोदेखि फेरि बढेको हो ।
अमेरिका र चीनले एकअर्काका सामानमा कर बढाउँदा तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुन महंगो भएको छ । यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस १५ सय ४६ डलर पुगेको छ ।
सुनको भाउ बढेपछि अहिले किन्ने भन्दा सुन बेच्ने बढेका महासंघले जनाएको छ । सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । तर एक महिनादेखि दैनिक १० किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले माग घटे पनि नेपालको बजारमा सुनको भाउ चाहिँ बढिरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया