विदेश

स्पेनमा हेलिकोप्टर र विमान ठोक्किए, सात जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ ९ गते ९:३४
स्पेनमा हेलिकोप्टर र विमान ठोक्किए, सात जनाको मृत्यु

स्पेन । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेर भएको दुर्घटनामा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।

इन्का सहरको केन्द्रभागको आकाशमा दुर्घटना भएको क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत पुष्टि गरेको छ । दुर्घटनामा विमानमा सवार दुई जना र हेलिकप्टरमा सवार पाँच जना गरी सबै ७ जनाको मृत्यु भएको हो ।

स्थानीय प्रहरी प्रवक्ताका अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र बालबालिका तथा एक जना पाइलट हुन् । हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रुको राष्ट्रियता नखुलेको बताइएको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवारप्रति सम्वेदना व्यक्त गर्दै मृतकको सम्झनामा ३ दिने शोक घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *