समाज
उच्च अदालत पोखराका न्यायाधीश यादवले किन दिए राजीनामा ?
२०७६ भदौ ८ गते १२:१२

पोखरा । पोखरा उच्च अदालतका न्यायाधीश रामकृष्ण यादवले राजीनामा दिनुभएको छ ।
यादवले आफूले राम्रो काम गर्दा पनि अन्यायमा पारेको भन्दै राजीनामा दिएका छन् । उनले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा आफूले दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको र आफूले पनि उपलब्ध प्रमाणकै आधारमा उक्त आदेश गरेको दाबी छ ।
यादवले भदौ ५ गते प्रधानन्यायाधीशको सचिवालयमा राजीनामा दिएको बुझिएको छ । गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो ।
यसअघि अर्का न्यायाधीश जीवनहरि अधिकारीले पनि राजीनामा दिनुभएको छ।
प्रतिक्रिया