चिनियाँ निर्णयप्रति राष्ट्रपति ट्रम्पको आक्रोश

न्युयोर्क । चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा आयात कर बढाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आक्रोशित बनेका छन्।
चीनले कर बढाएपछि राष्ट्रपति ट्रम्पले चीनमा आफ्नो उत्पादन बेच्ने अमेरिकी कम्पनीलाई कारोबारमा ध्यान दिन र चीनमा आश्रित नहुन निर्देशन दिएका हुन्।
ट्रम्पले व्यापारका लागि आफूहरुलाई चीनको आवश्यकता नरहेको र चीनबिना झनै समृद्ध रहने दाबी गरे। उनले अमेरिकाले आफ्नो पागलपनका कारण चीनसँग व्यापार गरेर अर्बौ डलर गुमाएको भन्दै ट्वीटरमा आक्रोश पोखेका हुन्।
चीनले अमेरिकी बौद्धिक सम्पत्ति चोरेर करोडौं डलर कमाइरहेको आरोपसमेत ट्रम्पको छ। आफ्ना उत्पादनमा कर वृद्धि गरेपछि चीनले पनि अमेरिकी उत्पादनमा कर वृद्धि गरेको हो। अमेरिकाले गत अक्टोबर १ मा २५० अर्ब डलर बराबरको अमेरिकी उपात्दन आयातमा २५ देखि ३० प्रतिशत कर बढाएको थियो।
प्रतिक्रिया