आर्थिक

सुनको भाउ एकै दिन १२ सय बढ्यो, प्रतितोला ७२ हजार ५ सयमा कारोबार

हिमालय टिभी
२०७६ भदौ ८ गते ७:०१
सुनको भाउ एकै दिन १२ सय बढ्यो, प्रतितोला ७२ हजार ५ सयमा कारोबार

काठमाडौं । आज एकै दिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।

आज सुन तोलाको ७२ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउ आज फेरि बढेको हो ।

अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुन महंगो भएको छ ।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस १५ सय २८ डलर पुगेको छ । सुनको भाउ बढेपछि अहिले किन्ने भन्दा सुन बेच्ने बढेका महासंघले जनाएको छ ।

सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । तर एक महिनादेखि दैनिक १० किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले माग घटे पनि नेपालको बजारमा सुनको भाउ चाहिँ बढिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *