समाज
लोक संस्कृति जोगाउन पाल्पामा जिल्लस्तरीय नौमती बजा प्रतियोगिता
२०७६ भदौ ७ गते ७:५५

पाल्पा । लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले पहिलो पटक जिल्लास्तरीय नौमती बाजा बजाउने प्रतियोगिता गरेको छ ।
१० वटा समुह समूह सभागी प्रतियोगितामा सेतीपोखरी धरमपानी नौमती बाजा समुह प्रथम, लालीगुराँस नौमती बाजा समुह द्वितीय र चण्डिका टोल नौमती वाजा समुह तृतिय भएका छन ।
प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० तृतीयले १० हजार पुरस्कार प्राप्त गरेका छन । लोक संस्कृतिको जर्गेना गर्दै आउँदो पर्यटन वर्ष २०२० लाई लक्षित गरी नौमती बाजा प्रतियोगिता गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले बताउनुभयो ।
प्रतिक्रिया