जीएसएमएससँगको सहकार्यमा एनसेलको स्टार्ट अपहरूका लागि कार्यशाला
काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरूका लागि कार्यशाला सञ्चालन गरेको छ ।
स्टार्ट अप कम्पनीहरू र मोवाइल सेवा प्रदायक कम्पनीका बीच सहकार्य सुदृढ पार्ने उद्देश्यले एक दिने कार्यशाला आयोजना गरेको एनसेलले जनाएको छ ।
कार्यशालामा ३० वटा स्टार्ट अप कम्पनीका ५० भन्दा बढी प्रतिनिधिले भाग लिएका थिए । कार्यशालामा नयाँ प्रविधि, ट्रेन्ड्सबारे जानकारी दिइएको थियो । साथै, अफ्रिका तथा एसिया प्यासिफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई फाइदा हुनेगरी मोवाइल सेवा प्रदायकसँग कसरी साझेदारी भएका छन् भन्नेबारे प्रस्तुति दिइएको थियो ।
कार्यक्रममा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाइरेक्टर मार्टिन कारान्जाले मोबाइल अपरेटर र स्टार्ट अपबीचको सहकार्यबारे प्रकाश पारेका थिए । जिएसएमए विश्वभर सञ्चालनमा रहेका ७ सय ५० भन्दा बढी सेवा प्रदायक र मोवाइल इकोसिस्टमका ४ सय कम्पनीहरूको साझा संगठन हो ।
प्रतिक्रिया