समाज
मेडिकल एजुकेसन करियर एक्स्पो हुने
२०७६ भदौ २ गते ११:५९

काठमाडौं । काठमाडौंमा यही भदौ ४ गते मेडिकल एजुकेसन करियर एक्स्पो हुने भएको छ ।
एसके इभेन्ट म्यानेजमेन्टको आयोजना तथा वाइड रेन्ज कन्सल्टेन्सीको प्रायोजनमा एक्स्पो हुन लागेको हो ।
कन्सल्टेन्सीले आज पत्रकार सम्मेलन गरी मेडिकल शिक्षा, भिसा प्रक्रिया र शैक्षिक कर्जाको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको जानकारी दिएको छ ।
एक्स्पोमा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिले मेडिकल शिक्षाबारे जानकारी दिनेछन् । बंगलादेश, चीन, भारतसहित १२ राष्ट्रका प्रतिनिधि एक्स्पोमा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया