समाज

निर्वाचन आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार

हिमालय टिभी
२०७६ भदौ २ गते ९:२८
निर्वाचन आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार

काठमाडौं । निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ ।

स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो ।

आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्तर्गत ४० वटा कार्यनीति तय गरिएको छ ।

स्वच्छ ,स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसर सुनिश्चित गर्नु रणनीतिक योजनाको लक्ष्य छ ।

पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्