विदेश

चीनको चेतावनी बेवास्ता गर्दै लाखौ नागरिक सडकमा

हिमालय टिभी
२०७६ भदौ १ गते ११:३८
चीनको चेतावनी बेवास्ता गर्दै लाखौ नागरिक सडकमा

हङकङ । हङकङमा चीन सरकारको चेतावनीलाई बेवास्ता गर्दै आइतबार लाखौं मानिस प्रदर्शनमा उत्रिएका छन् ।

चीन सरकारको कडा चेतावनीका बाबजुद पनि लोकतन्त्रका पक्षधरहरु सरकार विरोधी आन्दोलनका सहभागी भएका हुन् । र्‍याली आयोजक सिभिल राइट्स ह्युमन फ्रन्टलाई शहरको बीच र्‍याली गर्न सरकारले अनुमति नदिए पनि आइतबारको प्रदर्शन भिक्टोरिया पार्कमा गर्न प्रहरीले स्थान तोकेको थियो ।

फ्रन्टले विरोध र्‍याली शान्तिपूर्ण बनाउन सहभागीलाई आह्वान गरेको छ । वर्षाले अवरोध पुर्‍याए पनि मानिसहरू स्वस्फूर्त र्‍यालीमा सहभागी भएका छन् ।

हङकङमा गत जूनदेखि सुपूर्दगी विधेयकको विरोधमा शुरु भएको आन्दोलन अहिले लोकतन्त्रको आन्दोलनमा परिणत भएको छ ।

नयाँ सुपुर्दगी विधेयक तत्कालका लागि निलम्बन गरिए पनि त्यसको पूर्ण खारेजी लगायतका माग राखी सरकार विरोधी प्रदर्शन भइरहेको छ । तर, चीनले हङकङमा जारी अशान्त अवस्थालाई ुआतंकवाद निकट व्यवहारु भन्दै आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *