समाज

उपन्यास ‘रणहार’ले पायो मदन पुरस्कार, काइँलालाई जगदम्बाश्री

हिमालय टिभी
२०७६ भदौ १ गते ११:३२
उपन्यास ‘रणहार’ले पायो मदन पुरस्कार, काइँलालाई जगदम्बाश्री

काठमाडौं । यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’ले पाएको छ ।

मदन पुरस्कार गुठीको बैठकले योगेशको रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै यस वर्षको जगदम्बा श्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा ुलिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन(अनुसन्धान र अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएकोु भन्दै बैरागी काइँलालाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।

मदन पुरस्कार गुठीले यस वर्षदेखि मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारको राशि ४(४ लाख रुपैयाँ पुर्‍याएको छ । पुरस्कार असोज १२ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्