कला/मनोरञ्जन
अभिनेत्री शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
२०७६ भदौ १ गते ११:३०
काठमाडौं । सर्वोच्च अदालतले बहुविवाहसम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
फिल्म निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हाल्नुभएको थियो । सर्वोच्चले दुवै पक्षलाई भदौ १५ मा छलफलका लागि बोलाएको छ।
प्रतिक्रिया