समाज

काठमाडौको स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका प्रहरी नियन्त्रणमा

हिमालय टिभी
२०७६ भदौ १ गते ७:२७
काठमाडौको स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं लिभिङ टुगेदरमा बस्दै आएका प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौंको महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना कोठामै झुन्डिएको अबस्थामा फेला परेका हुन् ।

ठगुन्ना नागार्जुन नगरपालिका ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । मृत्यु शंकास्पद भएपछि ती महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको स्वयम्भूका डीएसपी लालध्वज सुवेदीले बताउनु भयो ।

गएराति करीब डेढ बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन । प्रहरीका अनुसार उनीहरु डेढ वर्षदेखि सँगै बस्दै आएका थिए। जवान ठगुन्ना २६ वर्षका थिए । विवाहित हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्