सुनको भाउ ५ सय घट्यो, प्रतितोला ७१ हजारमा कारोबार

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको भाउ आज घटेको छ ।
शनिबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सय घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्लेंघ जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५ सय घटेर ७० हजार ७ सय कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि केही घटेको छ । शनिबार प्रतितोला र ८ सय ४० मा कारोवार भएको चाँदीको भाउ आज प्रतितोला ८ सय ३० कायम भएको महासंघलें जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै बढेको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला छ हजार बढेको थियो ।
यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार ५ सयमा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार युद्ध, अमेरिका–इरानतनावलगायत कारणबाट विश्व बजारमा सुनको भाउ बढ्दै गएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५ सय १८ डलर नाघेको छ ।
प्रतिक्रिया