समाज

जीप दुर्घटनामा पत्रकार अधिकारीको निधन

हिमालय टिभी
२०७६ साउन ३२ गते ८:३२
जीप दुर्घटनामा पत्रकार अधिकारीको निधन

सप्तरी । सप्तरीमा आज भएको जीप दुर्घटनामा बुटवलका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ ।

विराटनगर जाँदै गरेको बा १६ च २२३५ नम्वरको बोलेरो जीप विहान १० बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका( ११ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा बुटवलका पत्रकार अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले जानकारी दिनुभयो । रुपन्देहीको तिलोत्तमा नगरपालिका( ३ घर भएका ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनका लागि उद्योगी व्यवसायीलाई निम्ता दिन हिँडेको टोली दुर्घटनामा परेको हो ।

तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, वडाध्यक्ष सोहन चौधरी र तारानाथ पाण्डे तथा जीप चालक अशोक भण्डारी घाइते भएका छन् ।

घाइतेको विराटनगरमा उपचार भइरहेको छ । भण्डारीको अवस्था गम्भीर रहेकाले काठमाडौं ल्याउने तयारी भइरहेको छ । तिलोत्तमाका मेयर बासुदेव घिमिरे सहितको टोली अर्को गाडीमा सवार थियो । टोलीले हिँजो हेटौडामा मकवानपुर उद्योग बाणिज्य संघसँग छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्