कला/मनोरञ्जन
वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
२०७६ साउन ३२ गते ८:३१

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ ।
निमोनियाबाट पीडित ७३ वर्षीया अधिकारीको काठमाडौं डल्लुस्थित आफ्नै निवासमा आज विहान निधन भएको हो । विक्रम सम्वत् २ हजार ३ सालमा काठमाडौंको असनमा जन्मनु भएकी अधिकारीले चिनो, कन्यादान, भाउजु लगायत थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गर्नुभयएको थियो ।
६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ बाट अभिनय यात्रा सुरु गरेकी अधिकारीको पहिलो चलिचत्र ‘मनको बाँध’ हो ।
उहाँले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि अभिनय गर्नुभएको थियो । अधिकारीलाई केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगिएको थियो । अधिकारीका एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया