राजनीति

सत्तारुढ नेकपाको उपाध्यक्षमा बामदेव गौतम

हिमालय टिभी
२०७६ साउन ३१ गते १०:५७
सत्तारुढ नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपाले नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव गर्नुभएको हो ।

तत्कालीन एमाले र माओवादीकेन्द्रबीच एकता हुँदा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरिएको छ । अब यो प्रस्ताव स्थायी कमिटीमा जानेछ ।

ईश्वर पोखरेल, प्रमुख स्कूल विभाग, नेकपा गौतमलाई उपाध्यक्ष बनाउने तयारीलाई पार्टी भित्रको शक्ति सन्तुलन र रस्साकस्सीको परिणामका रुपमा हेर्न थालिएको छ । र, अब कास्की २ मा हुने उपचुनावबाट गौतमलाई संसदमा ल्याउने तयारीका रुपमा पनि पछिल्लो निर्णयलाई हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्