राजनीति

म पूर्णरुपमा स्वस्थ छुः प्रम ओली

हिमालय टिभी
२०७६ साउन ३१ गते १०:५४
म पूर्णरुपमा स्वस्थ छुः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पूर्ण रुपमा स्वस्थ रहेको बताउनुभएको छ ।

सरकारी निवास बालुवाटारमा झापाका जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो बारेमा बाहिर चर्चा भए जस्तो कुनै समस्या नरहेको बताउनुभएको हो । आफूलाई १२ वर्षदेखि जे समस्या छ, त्यसमा थप कुनै समस्या नभएको प्रधानमन्त्रीले बताएको भेटमा सहभागी दमक निवासी रमेश ढकालले जानकारी दिनुभयो ।

आफू हिजो ९९ डिग्री ज्वरो आएर आराम गरेको तर बाहिर हाँगा हालेर खबर आएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्री ओली गत सोमबार मात्रै स्वास्थ्य परिक्षण गरेका सिंगापुरबाट स्वदेश फर्किनुभएको थियो । ओलीको १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

बिहीबारका लागि बोलाइएको नेकपाको बैठक प्रधानमन्त्री अस्वस्थ्य भएपछि स्थगित भएको थियो । र प्रधानमन्त्री अस्वस्थ भएको सूचना पार्टी र प्रधानमन्त्रीको सचिवालय स्रोतबाटै आएका थिए । तर प्रधानमन्त्रीले भेटघाट मार्फत खण्डन गर्दै आफू ठीक रहेको सन्देश दिन खोज्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्