खेलकूद
नेपाल पुलिसकी बनले आफ्नै कीर्तिमान भंग गरिन्
२०७६ साउन २९ गते ११:०२

काठमाडौं । सुनील लाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको अन्तिम दिन आज विभागीय टोली नेपाल पुलिस क्लबकी लक्ष्मी बनले तीन वटा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
काठमाडौंमा जारी प्रतियोगितामा महिलातर्फ ८१ केजी तौल समूहमा आफ्नै कीर्तिमान भंग गरिन । आठौं राष्ट्रिय खेलकूदको स्न्याचमा ६४ केजी उठाएकी उनले यसपटक ६५ केजी तौल उठाएकी थिइन् ।
त्यस्तै क्लीन एण्ड जर्कमा यसअघि ८१ केजी उठाउँदै कीर्तिमान बनाएकी उनले आज ८३ केजी भार वहन गरिन् ।
दुई विधामा कीर्तिमान बनाएकी लक्ष्मीले समग्रमा १ सय ४६ केजी तौल उठाउँदै आफ्नो कीर्तिमान सुधार गरिन् । यसअघि उनको नाममा कुल १ सय २१ केजीको कीर्तिमान थियो ।
प्रतिक्रिया