समाज
एएफसी फूटसल ताजिकिस्तान नेपालको पहिलो प्रतिद्वन्द्वी
२०७६ साउन २९ गते ९:२३
काठमाडौं । एएफसी फूटसल च्याम्पियनसिप छनोटमा नेपालले ताजिकिस्तानलाई पहिलो प्रतिद्वन्द्वी पाएकोछ ।
एसियन फूटबल कन्फेडेरेसन एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ुएुमा रहेको नेपालले अक्टोबर २३ मा ताजिकिस्तानसँग पहिलो खेल खेल्नेछ ।
सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल रहेको समूहमा चार पटकको उपविजेता उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन् । नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग २४ अक्टोवरमा र समूहको अन्तिम खेल २५ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ ।
छनोट प्रतियोगिता इरानमा हुनेछ । छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले खेलाडी छनोट गरिरहेको छ ।
प्रतिक्रिया