घूस लिँदालिँदै एक वडाध्यक्षसहित चार जना अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस लिँदै गरेको अवस्थामा एक नजा वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
अख्तियारले बर्दिबासको टोलीले घूस लिँदालिँदै भहोत्तरी भँगाहा नगरपालिका–८ का वडाध्यक्षसहित उनका छोरालाई समेत पक्राउ गरेको हो। वडाध्यक्ष मो रफिक आलमले सेवाग्राहीको योजना सम्पन्न भएको बिल सहज गराइदिएवापत सोही वडाका सदस्य कारी साहको जमानीमा आलमका छोरा मुकेश साहलाई १ लाख ६० हजार घूस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।
छोरा मुकेशलाई पक्राउ गरेसँगै अख्तियारको टोलीले वडाध्यक्ष आलम र सदस्य कारी साहलाई पनि पक्राउ गरेको जनाएको छ।
त्यसैगरी श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङमा कार्यरत शिक्षक गणेश के.सी.लाई पनि अख्तियारको टोलीले दश हजार घूस लिँदालिँदै पक्राउ गरेको छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै घूस लिँदै गरेको अवस्थामा केसीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया