समाज

धादिङ बस दुर्घटनामा बेपत्ता खोज्न पाँच जिल्लाका प्रहरी परिचालन

हिमालय टिभी
२०७६ साउन २८ गते ११:३९
धादिङ बस दुर्घटनामा बेपत्ता खोज्न पाँच जिल्लाका प्रहरी परिचालन

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ बाट गत शुक्रबार त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका यात्रुको खोजीमा पाँच जिल्लाका सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई पनि बेपत्ता यात्रुको खोजी गर्न आग्रह गरेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वी नवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गर्नुभएको हो ।

पाण्डेको आग्रहपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीका लागि जुटेका छन् । गत शुक्रबार सर्लाहीको मलङ्गवाबाट ४५ यात्रु बोकेर काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ ।

बसमा सवार १९ यात्रु र केही नाम खुल्न नसकेका व्यक्ति बेपत्ता भएको आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्