घूस लिँदालिँदै दुई जना अधिकृत र एक जना सवइन्जिनियर पक्राउ

काठमाडौं । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस लिँदै गरेको अवस्थामा दुई जना अधिकृत र एक सव इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय, वीपीनगरका आठौं तहका अधिकृत सुरेशचन्द्र डीसीलाई डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट ३ लाख २६ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । यस्तै पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। काठमाडौंको एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने नाममा घूस लिँदै गर्दा कोइराला पक्राउ परेका हुन ।
अख्तियारको टोलीलाई कोइरालालाई काठमाडौंको शेर्पा मलबाट घुससहित पक्राउ गरेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराइन नगरपालिकाका सवइन्जिनियर उमेश मण्डल ५५ हजार घूससहित पक्राउ गरेको छ।
सम्पन्न भएका विभिन्न आयोजनाहरुको प्रतिवेदन तयार गरी भुक्तानी सहज बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले मण्डललाई पक्राउ गरेको हो ।
प्रतिक्रिया