विदेश

विरोध प्रदर्शनका कारण हङकङमा उडान रुद्द

हिमालय टिभी
२०७६ साउन २७ गते ११:३१
विरोध प्रदर्शनका कारण हङकङमा उडान रुद्द

हङकङ । जारी सरकार विरोधी प्रदर्शनको कारण हङकङ विमानस्थलले सोमबारको बाँकी रहेका सबै उडान रद्द गरेको छ।

पछिल्लो पटक घोषित आन्दोलनको चौथो दिन सोमबार विमानस्थलको टर्मिनलमा प्रजातन्त्रवादी प्रदर्शनकारीहरू हजारौंको संख्यामा प्रवेश गरी प्रदर्शन गरेपछि विमानस्थलले सबै उडान रद्द गरेको हो।

चेकजाँच प्रकृयापश्चात् भित्र प्रवेश गरिसकेका यात्रु र हङकङ आउनका लागि उडान भरिसकेका हवाई यात्रुहरूको उडानबाहेक सोमबारको अन्य सबै बाँकी उडानहरू बन्द गरिएको विमानस्थलका अधिकारीहरूले जानकारी दिए। हङकङमा सरकार विरोधी प्रदर्शन दशौं हप्तामा प्रवेश गरेको छ ।

नयाँ सुपुर्दगी विधेयक तत्कालका लागि निलम्बन गरिए पनि त्यसको पूर्ण खारेजी लगायत विभिन्न माग राखी हङकङमा डेढ महिनादेखि प्रदर्शन भइरहेको छ । लगातारको प्रदर्शनले पछिल्लो समय हङकङको राजनीतिक संकट थप गहिरिंदै गइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *