विदेश
बाल स्याहार केन्द्रमा भएको आगलागीमा पाँच जनाको मृत्यु
२०७६ साउन २७ गते ११:२९

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एक बाल स्याहार केन्द्रमा आगलागी हुँदा पाँच जना बालबालिकाहरूको जलेर मृत्यु भएको छ ।
आइरी लेक साइडस्थित एउटा आवासीय भवनमा संचालन भइरहेको दिवा बाल स्याहार केन्द्रमा अकस्मात आगलागी भएको थियो । मृत्यु हुनेहरूमा ८ महिना देखि ७ वर्ष सम्मका बालबालिका रहेको अधिकारीले जनाएका छन् ।
आगलागीमा परेर गम्भीर घाइते भएका घरका मालिकलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। कामकाजी आमा(बाबुका बच्चाहरूको रेखदेख गर्न उक्त स्याहार केन्द्र संचालन गरिएको थियो। अ
कस्मात आगो लागेपछि संचालकहरूले बालबालिकालाई बाहिर निकाल्न नभ्याएको बताइएको छ । आगलागीको कारणबारे अधिकारीहरूले अनुसन्धान शुरु गरिसकेका छन् ।
प्रतिक्रिया