समाज

घूस लिँदालिँदै सहायक वन अधिकृत डीसी पक्राउ

हिमालय टिभी
२०७६ साउन २७ गते ८:४९
घूस लिँदालिँदै सहायक वन अधिकृत डीसी पक्राउ

डोटी । वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय, वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । विष्टका अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्