राजनीति

सिंगापुरमा स्वस्थ्य परीक्षण गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

हिमालय टिभी
२०७६ साउन २७ गते ८:१२
सिंगापुरमा स्वस्थ्य परीक्षण गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ परीक्षण गरेर आज स्वदेश फर्कनुभएको छ ।

थाई एयरलाइन्सको विमानबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएका प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफ्नो स्वास्थ्य स्थिति राम्रो रहेको बताउनुभयो । हिँडदाहिँड्दै ठट्यौली पारामा उहाँले आफु तन्दुरुस्त रहेको संकेत गर्नुभयो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानु भएको थियो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका ओलीले यसअघि भारत र थाइल्यान्डमा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको थियो ।

तर,यसपटक उहाँले चिकित्सकको सल्लाहअनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको हो । विमानस्थलमा पत्रकार सम्मेलन भनेर संचारकर्मीलाई बोलाइए पनि प्रधानमन्त्री संचारकर्मीसँग बोल्नुभएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्