समाज

झापाको तीन वडा कार्यालयमा बम विष्फोट

हिमालय टिभी
२०७६ साउन २७ गते ६:३२
झापाको तीन वडा कार्यालयमा बम विष्फोट

झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ ।

तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा आज बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।

चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्