आज अन्तिम साउने सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।
पशुपतिनाथ सहित शिवमन्दिर हरुमा पुगेर श्रद्धालुले भगवान शिवको पूजाअर्चना गरी धर्म, अर्थ, काम र मोक्ष प्राप्तीको कामना गरेका छन ।
साउन महिनाको सोमबार ब्रत बसी भगवान शिवजीको पूजा आराधना गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । साउन महिना भगवान शिवजीको विशेष महिना मानिन्छ ।
साउनमा काठमाडौको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी देश भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
आज पशुपति नाथ मन्दीर परिसरमा भक्तजनको घुईंचो लागेको छ भने बोलबम यात्रीहरु सुन्दरीजलबाट पशुपतिनाथ आइपुगेर शिव भजन गाइरहेका छन् । देशभरमा शिव मन्दीरहरुमा बेलपत्र लगायत भगवान शिवलाई मनपर्ने परिकार चढाउने र पुजा गर्नेहरुको घुईंचो लागेको छ ।
प्रतिक्रिया