मुस्लिम समुदाय बकर ईद मनाउँदै, २ र प्रदेश ५ मा सार्वजनिक विदा
![मुस्लिम समुदाय बकर ईद मनाउँदै, २ र प्रदेश ५ मा सार्वजनिक विदा](https://www.himalayatv.com/wp-content/uploads/2019/08/eid.jpg)
काठमाडौं । मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्।
मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौं दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर ईदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भइ नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्।
यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ। बकर ईदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ।
बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ। प्रदेश २ र ५ मा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।
ईस्लाम धर्माबलम्बीहरुको पर्व बकर–ईदका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत शीष्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
प्रतिक्रिया