समाज
बाढीपहिरोबाट देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माणमा ४७ करोड आवश्यक
२०७६ साउन २६ गते १२:५७

काठमाडौं । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ ।
संसद्को विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ४५ वटा पुलमा क्षति भएको र पुनर्निर्माणका लागि ४७ करोड ३४ लाख बजेटआवश्यक पर्ने अनुमान रहेको जानकारी दिनुभयो ।
तर वर्षाका कारण बिग्रेका पुल र सडक निर्माणको काम तीन तहका सरकारबीच समन्वय नहुँदा अघि बढ्न सकेको छैन । तीन तहका सरकारबीचको हानाथापले समस्या परेको सांसद प्रभु साहको गुनासो छ ।
जवाफमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पुल र सडक निर्माणका लागि सहकार्य भैरहेको भन्दै छिटै कामले गति लिने विश्वास दिलाउनुभयो ।
यसैबीच विकास समितिलेसमितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
प्रतिक्रिया