खेलकूद

दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने घोषणा

हिमालय टिभी
२०७६ साउन २६ गते १२:५१
दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने घोषणा

काठमाडौं । सरकारले हरेक दुई वर्षमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा खेलकुद मन्त्री जगत विश्वकर्माले सबै प्रदेशमा चक्रीय प्रणालीअनुसार खेलकुद प्रतियोगिता गर्ने योजना सार्वजनिक गर्नुभयो ।

मन्त्री विश्वकर्माका अनुसार डेढ वर्षभित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने गरी आवश्यक योजना तय गरिएको छ ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्