विदेश

युद्धविराम गर्न साउदी गठबन्धनसँग यमनको आग्रह

हिमालय टिभी
२०७६ साउन २६ गते ११:११
युद्धविराम गर्न साउदी गठबन्धनसँग यमनको आग्रह

यमन । तटीय शहर एडनमा पृथकतावादीले कब्जा जमाएपछि यमनमा युद्धरत साउदी नेतृत्वको गठबन्धनले तत्काल युद्धविराम गर्न आह्वान गरेको छ ।

गठबन्धनले सबै सैन्य समूहलाई आ(आफ्नो स्थानमा फर्कन र केही दिनदेखि नियन्त्रणमा लिएको भूभागबाट पछि हट्न पनि भनेको छ ।

अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारी सेना र पृथकतावादीबीच केही दिनदेखि जारी युद्धका क्रममा एडन विद्रोहीले कब्जा गर्न सफल भएको हो । विद्रोहीले यमनी सरकारमाथि ठाडो धावा बोलेको भन्दै गठबन्धनले एडनबाट पछि नहटे थप हमला गर्ने चेतावनी दिएको छ ।

यूएईको साथ पाएका विद्रोही समूह ‘एसटीसी’ले यमनको दक्षिण भू(भागमा छुट्टै राज्य बनाउन चाहेका छन् । सोही समूहले एडनमा रहेको सैन्य शिविर र राष्ट्रपति भवनमा नियन्त्रणमा लिएको हो ।

यमन सरकारले एसटीसीले ‘कू’ गरेको बताएको छ । सो क्षेत्रमा आइतबारदेखि युद्धविराम लागू भएको छ । एडन राष्ट्रपति अब्द रब्बु मन्सुर हादी सरकारको अस्थायी केन्द्र हो ।

हाल राष्ट्रपति हादी भने साउदी अरेबियाको राजधानी रियादमा छन् । हादी सरकारले दक्षिणी विद्रोहीको समर्थन नगर्न यूएईलाई अनुरोध गरेको छ । यमनमा साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि कारबाही चलाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *