समाज
भोजपुरमा भएको बस दुर्घटनामा दश जना घाइते
२०७६ साउन २६ गते ६:५०

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका चम्पिरेखोला नजिकै बस पल्टिदा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस बिहान नालीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइतेमध्ये सात जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया