समाज

अज्ञात समूहबाट दुई गाउँपालिकाको गाडीमा आजगनी

हिमालय टिभी
२०७६ साउन २६ गते ६:४९
अज्ञात समूहबाट दुई गाउँपालिकाको गाडीमा आजगनी

काठमाडौं । कपिलवस्तु र दाङका दुई गाउँपालिकाका दुई वटा गाडीमा गएराती आगजनी भएको छ ।

कपिल्वस्तुको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ।

यस्तै दाङ बंगलाचुली गाउँपालिकाको गाडीमा पनि अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्दै आएको रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्