समाज
लागुऔषधसहित नेपाली सेनाका मेजर सिंह पक्राउ
२०७६ साउन २६ गते ६:३९

सुनसरी । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले सिंहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनी सैनिक अधिकृत हुन् वा होइनन् भन्नेबारे छानविन भइरहेको बताउनुभयो ।
सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको र पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ जनाएको छ । प्रहरीले अनुसन्धान जारी राखिएको जनाएको छ ।
प्रतिक्रिया