राजनीति

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई एक दिन लम्बिने

हिमालय टिभी
२०७६ साउन २६ गते ६:३८
प्रधानमन्त्री ओलीको सिंगापुर बसाई एक दिन लम्बिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई थप एक दिन लम्बिएको छ ।

आज स्वदेश फर्कने कार्यतालिका भए पनि उहाँ भोलि मात्र स्वदेश फर्कनु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट आउन समय लाग्ने भएकाले उहाँ भोली मात्र स्वदेश फर्कनु हुने भएको हो । भोली दिउँसो साढे १२ बजे थाइ एयरवेजबाट नेपाल आइपुग्ने अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्यमा गडबडी देखिएपछि प्रधानमन्त्री ओली थप उपचारका श्रीमती राधिका शाक्य, निजी चिकित्सक डा। दिव्यासिंह सहित सिंगापुर जानु भएको हो । प्रधानमन्त्रीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्