विदेश

तान्जानियामा इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० जनाको मृत्यु

हिमालय टिभी
२०७६ साउन २५ गते १२:०४
तान्जानियामा इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० जनाको मृत्यु

तान्जानिया । पेट्रोल बोकेको ट्याङ्कर विस्फोट हुँदा तान्जानियामा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

तान्जानियाको रोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दारए सलामदेखि २० किलोमिटर टाढा पर्दछ ।

प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छ ।

मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएर विष्फोट भएको अधिकारीहरुले जनाएका छन्। पल्टिएको ट्याङ्करबाट चुहिएको तेल थाप्न स्थानीय बासिन्दाको भिड लागेको बेला आगलागी भएर विस्फोट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *