उत्तर कोरियाले फेरि छोटो दूरिका दुईवटा क्षेप्यास्त्र परीक्षण

प्योङयाङ । उत्तर कोरियाले फेरि छोटो दूरिका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरियाले दक्षिणी हामग्योङ्ग प्रान्तको पूर्वी शहर ह्यामहङ्गबाट जापानी समुन्द्रतर्फ लक्षित गरेर दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको सकारात्मक पत्र प्राप्त भएको बताएलगत्तै उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको हो ।
अमेरिका र दक्षिण कोरियाली बीचको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया असन्तुष्ट रहेको राष्ट्रपति ट्रम्पले बताएका थिए । अमेरिका र दक्षिण कोरियाबिच यही अगष्ट ११ देखि संयुक्त सैन्य अभ्यास शुरु हुँदैछ ।
गएको जुनमा दुई कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा ट्रम्प र नेता किमबिच भएको भेटमा अमेरिका–उत्तर कोरिया वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । पछिल्लो दुई सातामा उत्तर कोरियाको यो पाँचौ क्षेप्यास्त्र परीक्षण हो ।
प्रतिक्रिया