समाज

बाघको छालासहित सशस्त्र प्रहरी जवान बडाल पक्राउ

हिमालय टिभी
२०७६ साउन २५ गते ९:२४
बाघको छालासहित सशस्त्र प्रहरी जवान बडाल पक्राउ

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट बाघको छालासहित प्रहरीले एक जना सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।

गएराति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

दुहुँका बडालको साथबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा बाखको छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । पक्राउ परेका बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्